मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

युद्धले रोकिएका केयर–गिभरलाई इजरायलले अवस्था सहज भएपछि भिसा दिने

शुक्रबार, ०६ असार २०८२, १५ : २२
शुक्रबार, ०६ असार २०८२

सारांश

  • इजरायलमा रोजगारीका लागि भिसा रोकिएका नेपालीलाई युद्ध रोकिएपछि भिसा दिने इजरायलको प्रतिबद्धता।
  • राजदूत र वैदेशिक रोजगार विभागका महानिर्देशकबीच नेपाली कामदारको सुरक्षा र उद्धारबारे छलफल।
  • सहायक कामदारको भिसा म्याद थप र केयर गिभरको सुरक्षित प्रस्थानबारे छलफल भएको।

काठमाडौँ । इजरायलमा रोजगारीका लागि आवश्यक तयारी पूरा गरेर पनि युद्धका कारण भिसा रोकिएका नेपालीलाई इजरायलले युद्ध रोकिएपछि भिसा दिने भएको छ ।

इजरायलका राजदूत श्मुलिक आरि बासले सरकारी अधिकारीसँगको भेटमा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

शुक्रबार वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराई र बासबिच वर्तमान अवस्थामा इजरायलमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धार तथा नयाँ कामदार लैजाने विषयमा छलफल भएको थियो । 

उक्त छलफलमा सरकारले नेपालले नेपालीको सुरक्षा र फर्किन चाहनेलाई उद्धार गर्न सहजीकरण गर्न आग्रह गरेको विभागले जनाएको छ ।वार्तामा राजदूत बासले यसअघि छनौट भई इजरायल प्रस्थानका क्रममा रहेका केयर गिभरलाई अवस्था सहज भएपछि  सुरक्षित प्रस्थान मिलाउने, भिसा लगायतमा सकारात्मक सहजीकरण गर्ने बताए । 

साथै, इजरायल प्रस्थानको प्रतिक्षामा बसेका सहायक कामदारहरूको भिसा म्याद समाप्त भएमा म्याद थपको व्यवस्था गर्ने विषयमा समेत छलफल भएको विभागले जनाएको छ । 

सो छलफल कार्यक्रममा महानिर्देशक भट्टराई, राजदूत बासका अतिरिक्त विभागका उपमहानिर्देशक चन्द्र बहादुर शिवाकोटी र निर्देशक गिरीराज ज्ञवाली समेतको सहभागिता थियो ।

506762418_1524359925215440_6152062803371135673_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप