मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट : अस्ट्रेलियाले लाबुसेनलाई हटायो, युवा खेलाडीलाई मौका

शनिबार, ०७ असार २०८२, ०७ : २१
शनिबार, ०७ असार २०८२

सारांश

  • अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टका लागि मार्नस लाबुसेनलाई टिमबाट बाहिर राखेको छ।
  • स्टिभ स्मिथ चोटका कारण अनुपस्थित रहने र उनको ठाउँमा युवा खेलाडीहरूलाई मौका दिइएको छ।
  • लाबुसेन र स्मिथ दुवैको अनुपस्थितिमा टिममा नयाँ खेलाडीहरूलाई अवसर मिलेको छ।

बारबाडोस । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको २५ जुनदेखि बारबाडोसमा सुरु हुने पहिलो टेस्टका लागि अनुभवी ब्याट्सम्यान मार्नस लाबुसेनलाई टिमबाट बाहिर राखेको छ । अर्का स्टार खेलाडी स्टिभ स्मिथ पनि चोटका कारण अनुपस्थित रहने भएका छन्।

लाबुसेनको स्थानमा १९ वर्षीय ओपनर स्याम कोन्स्टास र विकेटकिपर ब्याट्सम्यान जोश इङ्लिसलाई टोलीमा समावेश गरिएको छ। लाबुसेनले गत साता दक्षिण अफ्रिकासँगको वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलमा अस्ट्रेलियाको लागि ओपनिङ गरेका थिए, तर १७ र २२ रन मात्र बनाएर निराशाजनक प्रदर्शन गरे।

३० वर्षीय लाबुसेनले सन् २०१९ देखि बेलायतको काउन्टी क्रिकेटमा ग्लामोर्गनको तर्फबाट खेल्दै आएका छन्, तर २०२३ को चौथो एसेज टेस्टपछि टेस्ट क्रिकेटमा शतक बनाएका छैनन्।

स्टिभ स्मिथको हकमा, लर्ड्समा भएको फाइनलको तेस्रो दिन उनको दाहिने हातको कान्छी औँलामा चोट लागेको थियो। यद्यपि उनलाई शल्यक्रिया आवश्यक परेन र उनी क्यारेबियन पुगेका छन्। 

तर आठ हप्तासम्म स्प्लिन्ट लगाउनु पर्ने भएकाले पहिलो टेस्ट खेल्न सक्ने छैनन्। उनी जुलाईमा ग्रेनाडामा हुने दोस्रो टेस्टमा फर्किन सक्ने सम्भावना छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप