केनको गोलसँगै बायर्नले बोकालाई २–१ ले हरायो
सारांश
- बायर्न म्युनिखले क्लब विश्वकपमा बोका जुनियर्सलाई २-१ ले पराजित गर्यो, ह्यारी केनले निर्णायक गोल गरे।
- खेलको पहिलो हाफमा बायर्नको आक्रामक प्रदर्शन रह्यो भने बोकाले दोस्रो हाफमा रक्षात्मक रणनीति अपनायो।
- ओलिसेको गोलले बायर्नलाई जित दिलायो, जसले समूहमा शीर्ष स्थान कायम गर्यो भने बोका तेस्रो स्थानमा सीमित रह्यो।
मियामी । जर्मन क्लब बायर्न म्युनिखले क्लब विश्वकपको दोस्रो खेलमा अर्जेन्टिनी क्लब बोका जुनियर्सलाई २–१ ले पराजित गरेको छ। मियामीको हार्ड रक स्टेडियममा भएको खेलमा अधिकांश समर्थक बोका पक्षमा थिए, तर इङ्ल्यान्डका स्टार स्ट्राइकर ह्यारी केनले बायर्नका लागि निर्णायक भूमिका खेले।
बायर्नले आफ्नो पहिलो खेलमा सिनसिनाटीमा १० गोल गर्दै धमाकेदार जित निकालेको थियो। दोस्रो खेलमा मैदान उत्रिएका केनले खेलको १८औँ मिनेटमै गोल गर्दै आफ्नो प्रभाव देखाए। पहिलो प्रहार असफल भएपछि डिफ्लेक्ट भएको बलमा उनले चिप गर्दै जालीको बाटो देखाएका थिए।
खेलको पहिलो २५ मिनेटसम्म बायर्नको जबर्जस्त आक्रमण देखियो। यस अवधिमा ७० प्रतिशत बल बोका जुनियर्सको हाफमै सीमित रह्यो। तर मौका पाएको धेरै चोटि गोल गर्न नसक्दा बायर्नको अग्रता थप विस्तार हुन सकेन।
किङ्स्ली कोम्यानले सर्ज ग्नाब्रीको गोललाइन क्रसमा चुक्दा बायर्नले अवसर गुमायो। माइकल ओलिसे पनि अगस्टिन मार्चेसिनसँग एक-एकको स्थितिमा गोल गर्न चुके।
बायर्नको आक्रमणबिच बोका जुनियर्सले पहिलो हाफको दबाब झेलेर दोस्रो हाफमा बलियो प्रतिक्रिया दियो। उनीहरूले पीएसजीविरुद्ध बोटाफोगोको जस्तै रणनीति अपनाउँदै सघन रक्षात्मक शैलीमा खेले र मौका कुरे।
६५औँ मिनेटमा रोड्रिगो आन्द्रेस बताग्लियाले पास इन्टरसेप्ट गर्दै मिगेल मेरिन्टिएललाई सटीक थ्रु बल दिए। मेरिन्टिएलले जोनाथन ताहलाई छल्दै गोलकिपर म्यानुएल नुयरलाई छक्याउँदै उत्कृष्ट गोल गरे।
त्यसपछि बोका समर्थकहरू उत्साहित भए पनि ८४ औँ मिनेटमा ओलिसेले गोल गर्दै उनीहरूलाई स्तब्ध बनाए । अन्तिम समयसम्म बायर्न म्युनिखले अग्रता जोगाउँदै २–१ को जीत हात पार्न सफल भयो।
जीतपछि समूह सीमा रहेको बायर्न दुई खेलबाट ६ अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ । बोका १ अङ्कसहित तेस्रो स्थानमा सीमित छ । बेनफिका ४ अङ्कसहित दोस्रो स्थानमा छ । अकल्याण्ड सिटी भने अङ्कविहीन बन्दै पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण