वरिष्ठ इरानी कमाण्डर मारिएको इजरायलको दाबी
शनिबार, ०७ असार २०८२, १५ : २९
सारांश
- इजरायली रक्षामन्त्रीका अनुसार इजरायली सेनाले इरानी सहर कोममा गरेको आक्रमणमा एक वरिष्ठ इरानी कमाण्डरको मृत्यु भएको दाबी गरेका छन्।
- मारिने इरानी कमाण्डर सईद इजादीले अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणलाई आर्थिक सहयोग गरेको आरोप छ।
- इजरायली रक्षामन्त्रीका अनुसार यो इजरायली गुप्तचर विभाग र वायुसेनाका लागि ठूलो उपलब्धि हो र यसले हमासद्वारा मारिएकाहरूलाई न्याय मिल्नेछ।
तेल अभिभ । इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायली रक्षा बल (आईडीएफ) ले इरानी सहर कोममा रहेको एक आवासीय भवनमा शनिबार गरेको आक्रमणमा एक वरिष्ठ इरानी कमाण्डरको मृत्यु भएको दाबी गरेका छन्। मारिनेमा सईद इजादी रहेका छन् ।
काट्जका अनुसार इजादीले अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणलाई आर्थिक सहयोग गरेका थिए। उनले भने, ‘यो इजरायली गुप्तचर विभाग र वायुसेनाका लागि ठूलो उपलब्धि हो। यसले हमासद्वारा मारिएकाहरू र बन्धक बनाइएहरूलाई न्याय मिल्नेछ। इजरायलको लामो हातले आफ्ना सबै शत्रुसम्म पुर्याउनेछ।’
इजादी इरानको शक्तिशाली कुड्स फोर्सका सदस्य थिए, जुन इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को एक शाखा हो। यद्यपि,आईआरजीसीले अहिलेसम्म इजादीको मृत्युको पुष्टि गरेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण