अमेरिकाद्वारा इरानका तीन आणविक साइटमा आक्रमण
आइतबार, ०८ असार २०८२, ०५ : ५८
सारांश
- अमेरिकाले इरानका तीन आणविक साइटहरूमा हवाई आक्रमण गरेको छ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको पुष्टि गर्दै सामाजिक सञ्जालमा जानकारी दिए।
- फोर्डो, नतान्ज र इस्फहानका आणविक केन्द्रहरूमा बम खसालिएको ट्रम्पले बताए।
काठमाडौँ । अमेरिकाद्वारा इरानका तीन आणविक साइटमा आक्रमण गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानका तीन प्रमुख आणविक साइटहरूमा सफल हवाई आक्रमण सम्पन्न गरेको बताएका छन् ।
ट्रम्पका अनुसार अमेरिका द्वारा फोर्डो , नतान्ज र इस्फहान स्थित आणविक केन्द्रहरूमा बम आक्रमण गरिएको हो। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भने, ‘हामीले इरानका तीन आणविक साइटहरूमा निकै सफल आक्रमण सम्पन्न गर्यौँ। सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर निस्किएका छन्’ ।
उनका अनुसार फोर्डो साइटमा ‘पूर्ण क्षमताका बमहरू’खसालिएको छ र सबै विमानहरू अमेरिका फर्किन थालेका छन्।
यसअघि ट्रम्पले इरानमा युद्धमा सहभागी हुने नहुने दुई दिनभित्र निर्णयले लिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण