मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ—दिल्ली इकोनोमिक क्लासको टिकट मूल्य बढी भयो: सांसद महासेठ

आइतबार, ०८ असार २०८२, ११ : ३८
आइतबार, ०८ असार २०८२

सारांश

  • एमाले सांसद रघुवीर महासेठले हवाई टिकटको मूल्य घटाउन माग गरेका छन्।
  • उनले नेपालीले दिल्ली जान इकोनोमिक क्लासमा ६० देखि ८० हजार तिर्नुपरेकोमा चिन्ता व्यक्त गरे।
  • समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि छलफल भयो।

काठमाडौँ । नेकपा एमाले सांसद रघुवीर महासेठले हवाई टिकटको मूल्य महँगो भएको भन्दै मूल्य घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहल गर्नुपर्ने बताएका छन् । 

आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपालीहरूले दिल्ली जानलाई ६० हजारदेखि ८० हजार रुपैयाँ इकोनोमिक क्लासका लागि तिर्ने कुरा दुःखद भएको बताए । उनले यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा गम्भीर हुनुपर्ने बताए । 

समितिको बैठकमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि  समितिमा सैद्धान्तिक छलफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप