बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सर्वोच्चको प्रस्तावित न्यायाधीशमा सिफारिस पोखरेलविरुद्ध संसदीय समितिमा उजुरी

आइतबार, ०८ असार २०८२, १३ : ३७
आइतबार, ०८ असार २०८२

सारांश

  • न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव गरेका मेघराज पोखरेलविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।
  • टिबी कार्कीले पोखरेल सर्वोच्चको न्यायाधीश हुन अयोग्य रहेको भन्दै उजुरी दिएका हुन्, जसमा रवि लामिछानेको विषयमा पोखरेलको टिप्पणीको कुरा उठाइएको छ।
  • समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया जेठ ३१ गतेबाट सुरु गरेको छ र उजुरी दिन सार्वजनिक सूचना जारी गरेको थियो।

काठमाडौँ । न्याय परिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव गरेका वरिष्ठ अधिवक्ता मेघराज पोखरेलविरुद्ध सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । टिबी कार्कीले आज सुनुवाइ समितिमा पोखरेल सर्वोच्च अदालतको न्यायाधीश हुन अयोग्य रहेको भन्दै उजुरी दर्ता गरेका हुन् । उनको उजुरी समितिमा २१ नम्बरमा दर्ता भएको छ । 

वरिष्ठ अधिवक्ता पोखरेललाई न्याय परिषद्को जेठ २७ गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव गरेको थियो ।  उजुरीकर्ता कार्कीले पोखरेलले उच्च अदालत दाङ तुलसीपुरको बुटवल इजलासले तथ्य र प्रमाणसहित सहकारी ठगीमा पुर्पक्ष लागि थुनामा पठाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा गरेका टिप्पणी र अभिव्यक्तिले उनी अदालतको आदेश नमानी अदालतको फैसलाविरुद्ध उभिएको उल्लेख गरेका छन् ।   

सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित वरिष्ठ अधिवक्ता पोखरेलसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा तथा न्याय परिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालको संसदीय सुनुवाइ प्रक्रिया गत जेठ ३१ गतेबाट सुरु गरेको छ । 

समितिले उनीहरूका विषयमा कुनै उजुरी वा गुनासो भए १० दिनभित्र समितिमा पठाउन सार्वजनिक सूचना जारी गरिसकेको छ । त्यही समयमा कार्कीले पोखरेलविरुद्ध उजुरी दिएका हुन् ।

meghraj11

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप