अख्तियारको अनुसन्धानबाट निर्दोष प्रमाणित भएँ, बदनाम गर्नेप्रति दया लाग्छ: सुदन किराती
सारांश
- माओवादी केन्द्रका नेता सुदन किरातीले पशुपति क्षेत्रको विषयमा अख्तियारको अनुसन्धानले आफूलाई निर्दोष प्रमाणित गरेको बताए।
- उनले सामाजिक सञ्जालमा आफ्नो तस्बिर जोडेर बदनाम गर्न खोजिएकोमा असन्तुष्टि व्यक्त गर्दै छानबिनमा सहयोग गरेको बताए।
- किरातीले भ्रष्टाचारलाई देशको शत्रुको संज्ञा दिए र आफू भ्रष्टाचार विरोधी अभियानमा दृढ रहेको प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्रसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले आफूलाई निर्दोष प्रमाणित गरिसकेको बताएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अनुसन्धान सकिँदा पनि आफ्नो तस्बिर जोडेर बदनाम गर्ने प्रयास भइरहेको भन्दै उनले असन्तुष्टि पोखे ।
'पशुपतिको विषयमा अख्तियारको अनुसन्धानबाटै म निर्दोष छु भन्ने कुरा प्रमाणित भइसक्यो,' किरातीले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, 'अझै पनि सामाजिक सञ्जालहरूमा मेरो फोटो टाँसेर मलाई बदनाम गर्न खोज्नेहरूप्रति दया लाग्छ।'
उनले उक्त विषयमा सामान्य चर्चा चल्ने बित्तिकै आफूले छानबिनका लागि तत्कालीन मन्त्रीसमक्ष निवेदन दिएको स्मरण गराउँदै अनुसन्धानमा सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताएका छन्। 'यो विषयमा सामान्य चर्चा सुन्न साथ मैले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समक्ष निवेदन हाली छानबिनको माग गरेको तपाईंहरुलाई थाहा छ?' उनले प्रश्न गरेका छन्।
नेता किरातीले नेपालको कानुनअनुसार जोकोहीमाथि पनि भ्रष्टाचारको उजुरी पर्न सक्ने भन्दै यसलाई सामान्य प्रक्रियाको रूपमा लिनुपर्ने बताए। उनले भने, 'सुदन किरातीलाई मात्र होइन, उजुरी वडा अध्यक्षदेखि पूर्व प्रधानमन्त्रीहरू सहित लाखौँ मान्छेलाई लागेको छ। यस्तो विषयमा सम्बन्धित निकायले जानकारी लिनु र सहयोग माग्नु सामान्य प्रक्रिया होइन र?'
भ्रष्टाचारलाई देशको शत्रुको संज्ञा दिँदै उनले आफू भ्रष्टाचारविरोधी अभियानमा दृढ रहेको प्रतिबद्धता व्यक्त गरे।
आइतबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन कुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्याएर भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो मागदाबीसहित आरोपपत्र दायर गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण