कर्तव्य ज्यान मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
सोमबार, ०९ असार २०८२, १२ : २२
सारांश
- अछामको रामारोशन गाउँपालिकामा ३ वर्षअघि भएको कर्तव्य ज्यान मुद्दाका फरार दुई प्रतिवादी पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा झपड साउँद र कुले साउँद रहेका छन्, जसलाई प्रहरीले आइतबार साँझ भाटाकाटियाबाट नियन्त्रणमा लिएको हो।
- उनीहरूले २०७८ सालमा गगन साउँदको हत्या गरेको आरोप छ, र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा लगिएको छ।
धनगढी । अछामको रामारोशन गाउँपालिका–६ सालघारीमा तीन वर्षअघि कर्तव्य ज्यानको घटनामा संलग्न भई फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँका ३६ वर्षीय झपड साउँद र ३४ वर्षीय कुले साउँद रहेका छन्। ती दुवै अभियुक्तलाई लामो समयदेखि खोजतलास गरिरहेकोमा प्रहरी चौकी सान्तडाबाट खटिएको टोलीले आइतबार साँझ ६ बजे रामारोशन गाउँपालिका –६ स्थित भाटाकाटिया भन्ने स्थानबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अछाममा ल्याइएको र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।
उनका अनुसार प्रतिवादीहरुले २०७८ साल कात्तिक २१ गते गगन साउँदको हत्या गरेका थिए।
घटना वडा नम्वर ६ रम्तडा देखि टुडिसैन जाने बाटोको बीच सालघारी भन्ने स्थानमा घएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण