१४ वटा नमुनामा भेटियो ओमिक्रोन ‘सब भेरिएन्ट’
सोमबार, ०९ असार २०८२, १८ : ३५
काठमाडौँ । १४ वटा नमुनाको जिन सिक्वेसिङ गर्दा ‘ओमिक्रोन सब भेरिएन्ट’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जेठ २२ गतेदेखि २९ गतेसम्मको पीसीआर विधिबाट कोरोना पुष्टि भएका नमुनाको जिन सिक्वेसिङ गरिएको थियो । जहाँ ओमिक्रोनको सब भेरिएन्ट पुष्टि भएको हो ।
सात वटा लिनेज एक्सएफजी, तीन वटामा एक्सएफजी, एउटामा एक्सएफजी ३.१ र दुई वटामा जेएन–१ रहेको मन्त्रालयले जनाएको छ । ओमिक्रोनको सब भेरिएन्ट कोभिड १९ गराउने सार्स कोभ–२ भाइरसको विकसित रूप हो ।
नेपालमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुस महिनायता २५ जिल्लामा १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण