मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

आईआरजीसीद्वारा अमेरिकी सैन्य बेसमा आक्रमणको पुष्टि, ‘विजयको घोषणा’ अभियान सुरु

सोमबार, ०९ असार २०८२, २३ : ०५
सोमबार, ०९ असार २०८२

सारांश

  • इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्सले कतारस्थित अमेरिकी सैन्य बेस अल उदैदलाई लक्षित गरी मिसाइल आक्रमण गरेको पुष्टि गरेको छ।
  • इरानले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा लक्षित गरी 'विजयको घोषणा' नाम दिइएको मिसाइल कारबाही सुरु गरेको तस्नीम समाचार संस्थाले जनाएको छ।
  • दोहाको आकाशमा फ्लेयरहरू देखिए र विस्फोटको आवाज सुनिएपछि कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ।

तेहरान । इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्स (आईआरजीसी) ले कतारस्थित अमेरिकी सैन्य बेस अल उदैदलाई लक्षित गरी मिसाइल आक्रमण सुरु गरिएको औपचारिक रूपमा पुष्टि गरेको छ। यो जानकारी इरानी समाचार संस्था तस्नीमले दिएको हो।

तस्नीमका अनुसार, इरानले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा लक्षित गरी ‘विजयको घोषणा’ नाम दिइएको मिसाइल कारबाही सुरु गरेको हो।

दोहाको आकाशमा फ्लेयरहरु देखिएका थिए, जुन सम्भवतः अल उदैद एयरबेसबाट प्रक्षेपण गरिएको मिसाइल प्रतिरक्षा प्रणाली भएको अनुमान गरिएको छ ।  राजधानीभर ठुला विस्फोटको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

कतारले आफ्ना बासिन्दा र आगन्तुकहरूको सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउँदै अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप