अमेरिकी कारबाहीको प्रतिक्रियामा आक्रमण सुरु भयो: इरानी मिडिया
सोमबार, ०९ असार २०८२, २३ : २६
सारांश
- इरानले अमेरिकी कारबाहीको जवाफ दिन थालेको इरानी मिडियाले जनाएको छ।
- इरानको रिभोलुसनरी गार्डले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र प्रहार गरेको तस्निम समाचार एजेन्सीले उल्लेख गरेको छ।
- कतारमा विस्फोटको आवाज सुनिएको रोयटर्स र एएफपीले जनाएका छन्, भने अमेरिकी अधिकारीहरूले स्थितिको निगरानी गरिरहेको बताएका छन्।
काठमाडाैँ। इरानको सरकारी मिडियाले घोषणा आफ्नो देशले अमेरिकी कारबाहीको जवाफ दिन थालेको उल्लेख गरेको छ ।
इरानको समाचार एजेन्सी तस्निमका अनुसार, सोमबार इरानको रिभोलुसनरी गार्डले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र प्रहार गरेको छ।
यसअघि, समाचार एजेन्सी रोयटर्स र एएफपीका रिपोर्टहरूले कतारमा विस्फोट सुनिएको बताएका थिए।
एक वरिष्ठ अमेरिकी अधिकारीले बीबीसीलाई बताएअनुसार ह्वाइट हाउस र रक्षा मन्त्रालयले कतारमा रहेका अमेरिकी हवाई अड्डाहरूमा रहेको खतरालाई ध्यानमा राख्दै स्थितिको निगरानी गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण