क्लब विश्वकप: इन्टर मियामी अन्तिम १६ मा प्रवेश
सारांश
- इन्टर मियामी क्लब विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।
- मियामीले ब्राजिलियन क्लब सोसिएडेड एस्पोर्टिभा पाल्मिराससँग २-२ गोलको बराबरी खेल्यो।
- मियामीका लागि टाडेओ आलिन्डे र लुइस स्वारेजले गोल गरे भने पाल्मिरासका लागि पाउलिन्हो र माउरिसियोले गोल गरे।
काठमाडाैँ । अमेरिकन क्लब इन्टर मियामी क्लब विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा मायामीले ब्राजिलियन क्लब सोसिएडेड एस्पोर्टिभा पाल्मिराससँग २–२ गोलको बराबरी खेल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
इन्टर मियामीले सुरुवाती अवस्थामा लिएको अग्रतालाई जोगाउन नसक्दा बराबरी खेल्न परेको हो । मियामीका लागि खेलको १६औं मिनेटमा टाडेओ आलिन्डेले गोल ग्रदै टिमलाई अग्रता दिलाएका थिए।
खेलको ६५औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै मियामीको अग्रता दोब्बर पारे । तर, पाल्मिरासले दुई गोलको अग्रतालाई उल्टाउन सफल भयो । खेलको ८०औं मिनेटमा पाउलिन्होले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थामा ल्याए ।
त्यसको सात मिनेटपछि माउरिसियोले गोल गर्दै टिमलाई २–२ गोलको अवस्थामा ल्याए । बराबरीसँगै समूह ए मा रहेका इन्टर मियामी र पाल्मिरासले ३ खेलबाट समान ५–५ अंक जोडेका छन् ।
यसै समूहको अर्काे खेलमा पोर्टाेले अल अह्यासँग ४–४ गोलको बराबरी खेलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण