क्लब विश्वकप : पीएसजी अन्तिम १६ मा प्रवेश
मङ्गलबार, १० असार २०८२, १० : ०३
सारांश
- पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले सिएटल साउन्डर्सलाई २-० ले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान पक्का गर्यो।
- पीएसजीका लागि भिटिन्हा र अफ्र्राच हकीमीले गोल गरे।
- समूह बी मा एट्लेटिकोले बोटाफोगोलाई १-० ले हरायो, तर गोल अन्तरको आधारमा पीएसजी अघिल्लो चरणमा प्रवेश गर्यो।
काठमाडाैँ । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार बिहान भएको खेलमा सिएटल साउन्डर्सलाई २–० ले पराजित गर्दै पीएसजीले अघिल्लो चरणमा आफ्नो स्थान पक्का गरेको हो ।
पिएसजीका लागि खेलको ३५औं मिनेटमा पहिलो गोल गर्दै खेलमा अग्रता बनाएको थियो । भिटिन्हाको प्रहार ख्विचा ख्वारात्स्खेलियाको शरीरमा लागेर गोल भएको थियो ।
खेलको ६६औं मिनेटमा अफ्र्राच हकीमीले गोल गर्दै टिमलाई जित दिलाए ।
यसै समूह बीमा एट्लेटिकोले बोटाफोगोलाई १–० ले हराउन सफल भयो । समान अंक भएका दुई टोलीमध्ये गोल अन्तरको आधारमा पीएसजी अघिल्लो चरण प्रवेश गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण