शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेकोमा माओवादी सकारात्मक, सांसदलाई ह्विप नलगाउने

मङ्गलबार, १० असार २०८२, १० : ३०
मङ्गलबार, १० असार २०८२

सारांश

  • भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारले समिति गठन गरेपछि माओवादी केन्द्र सकारात्मक देखिएको छ।
  • माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले समितिको कार्यक्षेत्र हेरेर थप धारणा बनाउने बताए।
  • माओवादीले गृहमन्त्री रमेश लेखकमाथि आरोप लगाउँदै रास्वपा र नेकपा एससँग मिलेर १८ दिन संसद अवरोध गरेको थियो।

काठमाडौँ । भिजिट भिसा प्रकरणमा छानबिन गर्न सरकारले गठन गरेको छानबिन समितिप्रति प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सकारात्मक देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । 

समिति गठन गरेकोमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सकारात्मक कदम भएको बताए । यद्यपि समितिको कार्यक्षेत्र हेरेर मात्र थप धारणा बनाउने जानकारी दिए ।

‘छानबिन समिति गठन गर्नुपर्ने हाम्रो माग नै हो । सरकारले भिजिट भिसा प्रकरणमा जुन छानबिन समिति गठन गरेको छ । त्यसलाई सकारात्मक रुपमा लिएका छौँ । तर टिओआर लगायत विषयमा थप अध्ययन गरेर थप धारणा बनाउँछौँ’, रातोपाटीसँग उनले भने । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत संलग्न रहेको आरोप लगाउँदै माओवादीले रास्वपा र नेकपा एकीकृत समाजवादीसँग मिलेर १८ दिन संसद् अवरोध गरेको थियो । जेठ ३० गते सत्तापक्षसँग दुई बुँदे सहमति भएपछि संसद्को  अवरोध हटाएको थियो । 

यस्तै संसदमा पेस भएको आर्थिक वर्ष २०८२-८३ को बजेट पारित गर्ने विषयमा माओवादीका सांसदहरूलाई ह्विप जारी नगरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप