बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विदेशमा नेपाली श्रमिकको मानव अधिकार सर्त होइन, अडान हो : श्रममन्त्री

मङ्गलबार, १० असार २०८२, १२ : ५२
मङ्गलबार, १० असार २०८२

सारांश

  • श्रममन्त्री शरतसिंह भण्डारीले विदेशमा रहेका नेपाली श्रमिकको मानव अधिकार सुनिश्चित गर्नुपर्ने बताए।
  • मन्त्रीले गन्तव्य मुलुकमा श्रमिकलाई सम्मान गर्नुपर्ने र न्यूनतम मानवअधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
  • नेपालले अन्तर्राष्ट्रिय फोरममा यो अडान राख्दै आएको र आईएलसी सम्मेलनमा समेत धारणा प्रस्ट पारेको छ।

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा रहेका नेपाली श्रमिकको मानव अधिकारको सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले गन्तव्य मुलुकको विकासको लागि रगत पसिना बगाउने नेपाली श्रमिकलाई विकासको सारथिको रूपमा सम्मानको रूपमा हेरिनु पर्ने बताए । 

उनले भने, ‘गन्तव्य मुलुकले न्यूनतम मानवअधिकार सुनिश्चितता गर्नु पर्दछ ।  हाम्रो यो सर्त हैन – अडान हो ।’ नेपाली श्रमिक विदेशी भूमिमा रहँदाको अवस्थामा श्रमिकको बीमा चौबिसै घण्टा कायम गराउन थप पहलकदमी लिएको समेत बताए ।

 नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरममा यो अडान लगातार राखी आएको बताउँदै उनले भर्खरै सम्पन्न ११३ औँ आईएलसी सम्मेलनमा धारणा प्रस्ट्याएको समेत बताए । 

आईएलसी सम्मेलनका क्रममा प्लेनरी छलफलमा तथा विभिन्न गन्तव्य मुलुकका मन्त्री र पदाधिकारीसँग साइडलाइनमा छलफल गरिएको समेत बताए । नेपाली श्रमिकको उच्च हक हितका लागि कूटनीतिक बैठकलाई निरन्तरता दिइने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप