जापान सरकारबाट बयलपाटा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग
अछाम । अछामको बयलपाटा अस्पताललाई जापान सरकारले स्वास्थ्य उपकरण सहयोग गरेको छ । सोमबार नेपालका लागि कार्यवाहक जापानी राजदूत तमुरा ताकाहिरोले एक समारोहका बीच ती उपकरण अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरे ।
जापान सरकारबाट ८९ लाख नेपाली रुपैयाँ बराबरको स्वास्थ्य उपकरण सहयोग स्वरूप प्राप्त भएको बयलपाटा अस्पतालका सञ्चार प्रमुख पूर्ण खड्काले जानकारी दिए ।
उनका अनुसार अस्पतालको सेवा विस्तार र गुणस्तर सुधारका लागि उक्त सहयोग महत्वपूर्ण हुनेछ। उनका अनुसार जापानी सरकारको सहयोगले ग्रामीण भेगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन थप मद्दत पुग्नेछ ।
बयलपाटा अस्पताल सुदूरपश्चिमको प्रमुख सेवा केन्द्रमध्ये एक हो। यहाँ दैनिक सयौं बिरामीले स्वास्थ्य सेवा लिने गरेका छन् ।
पछिल्लो समय आर्थिक अभावमा सेवा प्रवाहमा समस्या भइरहेको बताइएको छ । प्रदेश सरकारले पनि बयालपाटा अस्पतालाई प्राथमिकतामा राखेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण