रास्वपाबारे प्रचण्डले भने– अहिले कुनै टिप्पणी गर्दिन, पछि सबै थाहा पाउँछ
सारांश
- पूर्वप्रधानमन्त्री प्रचण्डले रास्वपाबारे अहिले टिप्पणी नगर्ने बताए, तर उनीहरुले सबै कुरा बुझ्ने बताए।
- प्रचण्ड र माधव नेपालबीचको छलफलमा संसद अवरोध, छानबिन समिति, र समाजवादी मोर्चाबारे सामान्य कुराकानी भयो।
- भिजिट भिसा प्रकरणमा सरकारले छानबिन समिति बनाएको छ, जसलाई रास्वपा र राप्रपाले अस्वीकार गरेका छन् भने माओवादीले स्वागत गरेको छ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा संसद अवरोध जारी राखेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बारे अहिले केही टिप्पणी नगर्ने बताएका छन् ।
मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकमीसँग कुरा गर्दै उनले बिस्तारै रास्वपाले सबै कुरा थाहा पाउने स्पष्ट पारे ।
साथै नेपालसँग गम्भीर कुराकानी केही नभएको उनको भनाइ छ । ‘संसदमा भएको गतिरोध, सरकारले गठन गरेको छानबिन समिति, समाजवादी मोर्चा लगायतका विषयमा सामान्य छलफल भएको हो । गम्भीर विषयमा छलफल भएको होइन’, उनले भने, ‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अन्तिमसम्म प्रयास गरेको छु । अझै गर्दैछु । रास्वपाका साथीहरूले एकदिन सबै कुरा बुझ्नेछन् ।’
भिजिट भिसा प्रकरणमा सरकारले सोमबार पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो । सुरुका दिनमा माओवादीले रास्वपासँगै मिलेर संसद अवरोध गरेपनि पछि दुई बुँदे सहमति गरेर संसदको अवरोध हटाएको थियो । तर सरकारले गठन गरेको समितिप्रति रास्वपा र राप्रपाले अस्वीकार गरेको छ । माओवादीले भने स्वागत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण