शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डकेटको शतकले भारतविरुद्ध इंग्ल्याण्डको रोमाञ्चक जित

बुधबार, ११ असार २०८२, ०६ : १३
बुधबार, ११ असार २०८२

सारांश

  • बेन डकेटको १४९ रनको उत्कृष्ट प्रदर्शनले इंग्ल्याण्डले भारतविरुद्धको टेस्ट जित्यो, ३७१ रनको लक्ष्य पूरा गर्दै।
  • डकेट र क्राउलीको साझेदारी र पछि स्टोक्स र रुटको प्रदर्शनले इंग्ल्याण्डलाई जित दिलायो।
  • इंग्ल्याण्डले हेडिङ्लीमा ५ विकेटले जित हासिल गर्दै टेस्ट क्रिकेट इतिहासमा स्मरणीय जित दर्ता गर्‍यो।

हेडिङ्ले । बेन डकेटको १४९ रनको उत्कृष्ट प्रदर्शनले इंग्ल्याण्डले ३७१ रनको विशाल लक्ष्य पूरा गर्दै भारतविरुद्ध हेडिङ्लेमा पहिलो टेस्टको अन्तिम दिन एक रोमाञ्चक जित हासिल गरेको छ। यो टेस्ट क्रिकेटको इतिहासमा एक अत्यन्तै स्मरणीय रन चेजका रूपमा दर्ज भएको छ।

डकेटले इंग्ल्यान्डका ब्याटरहरूमध्ये सबैभन्दा उत्कृष्ट इनिङ खेल्दै घरेलु टोलीलाई उनीहरूको दोस्रो सबैभन्दा ठुलो सफल लक्ष्य भेटाउन मद्दत गरे। यसअघि सन् २०२२ मा एडबस्टनमा भारतविरुद्धकै ३७८ रनको लक्ष्य भेटाउनु उनीहरूको कीर्तिमानी सफल रन चेज हो।

उनको यो इनिङ्सले हेडिङ्लीको इतिहासमा आफ्नो नाम अमर बनाएको छ, जहाँ इयान बोथम (१९८१), मार्क बुचर (२००१), शाई होप (२०१७) र सबैभन्दा चर्चित बेन स्टोक्स (२०१९) जस्ता नामहरू अंकित छन्।

डकेटले ओपनर जाक क्राउलीसँग पहिलो विकेटका लागि १८८ रनको साझेदारी गरे, जसमा क्राउलीले सन्तुलित ६५ रन बनाए। क्राउली ४२ रनमा र डकेट ९७ रनमा जीवनदान पाएका थिए।

डकेट आउट हुँदा इंग्ल्याण्ड सजिलै जिततर्फ अग्रसर देखिएको थियो, तर उनको र ह्यारी ब्रुकको विकेट शार्दुल ठाकुरले लगातार दुई बलमा लिएपछि भारतमा पुनः आशा जागेको थियो। त्यति बेला इंग्ल्याण्ड अझै ११८ रन टाढा थियो।

त्यसपछि कप्तान बेन स्टोक्स र जो रुटले जुझारु पारामा पारी सम्हाले। दुवैले मिलेर ४९ महत्त्वपूर्ण रन जोडे तर रविन्द्र जडेजाको बलमा स्टोक्स रिभर्स स्वीप खेल्ने प्रयासमा क्याच आउट भए।

पछि आएको जेमी स्मिथले आवश्यक संयम देखाउँदै ६९ रन बाँकी रहँदा ब्याट सम्हाले। रनहरू बिस्तारै घट्दै गए, र दर्शकहरूको उत्साह चुलिँदै गयो।

जब २२ रन मात्र बाँकी थियो, दोस्रो नयाँ बल लिने मौका आयो तर त्यो भारतका लागि ढिलो भइसकेको थियो। इंग्ल्यान्डले १४ ओभर बाँकी हुँदा ५ विकेटले विजय हासिल गर्‍यो, ४.५५ रन प्रति ओभरको दरले रन बनाउँदै। जो रुट ५३ रनमा अविजित रहे भने स्मिथ ४४ रनमा नटआउट रहे। 

अब दुबै टोलीले दोस्रो टेस्ट अघि ८ दिनको विश्राम पाउनेछन्, जसको सुरुवात २ जुलाईदेखि एजबस्टनमा हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप