भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया
बुधबार, ११ असार २०८२, १० : २०
सारांश
- भक्तपुर अस्पतालले पाठेघर खसेका महिलाहरूको लागि निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ।
- बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको सहयोगमा यो सेवा सुरु भएको हो, जसको पहिलो दिन तीन जनाको शल्यक्रिया गरियो।
- अस्पतालले आङ खसेका महिलाहरूलाई सम्पर्क गरी निःशुल्क शल्यक्रिया सेवा लिन आह्वान गरेको छ।
भक्तपुर । भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले जानकारी दिए ।
आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया अभियानका रूपमा सुरु गरेको अस्पतालले पहिलो दिन मंगललबार तीन जनाको शल्यक्रिया गरेको छ । “आज पाँच जनाको शल्यक्रिया गर्ने तयारी छ”, निमित्त निर्देशक डा भट्टले भने । आङ खसेका महिलाहरूलाई अस्पतालमा सम्पर्क गरेर निःशुल्क शल्यक्रियाका लागि आउन उनले आह्वान गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण