प्रहरीलाई निष्पक्ष काम गर्ने वातावरण बनाउनुपर्छ : प्रधान
सारांश
- राप्रपा सांसद ध्रुवबहादुर प्रधानले प्रहरी संगठन निष्पक्ष नभएसम्म उपलब्धि हासिल नहुने बताए।
- प्रहरी सङ्गठनलाई सत्ताको प्रयोगमा मात्र केन्द्रित गर्दा क्षमताको उपयोग हुँदैन, प्रधानको भनाइ छ।
- पूर्व प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री लेखक र रक्षामन्त्री राई लगायतको उपस्थितिमा विधेयकमा छलफल भयो।
काठमाडौँ । राप्रपाका सांसद तथा पूर्व प्रहरी आइजीपी ध्रुवबहादुर प्रधानले प्रहरी सङ्गठनलाई निष्पक्ष नबनाएसम्म उपलब्धि हासिल गर्न नसकिने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आमन्त्रित सदस्यका रूपमा सहभागी प्रधानले प्रहरी सङ्गठन व्यवस्था जोगाउन मात्र प्रयोग गर्ने गरिएको अनुभव सुनाए ।
नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न राखिएको बैठकमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राईलगायत सहभागी छन् ।
‘प्रहरी संगठनले स्वतन्त्रतापूर्वक काम गर्न सकोस् भन्ने वातावरण हामीले बनाउन सकेनौ भने र सत्ताको प्रयोगमा मात्र केन्द्रित भयौँ भने प्रहरीको क्षमताबाट उपलब्धि हुँदैन’, ‘अह्राएर गरौला भन्ने अवस्था हुनुहुँदैन ।’
प्रधानले हरेक सरकारहरूले सरकारले भनेअनुसार प्रहरीले काम गर्दिए हुने भन्ने अपेक्षा राख्ने गरे पनि त्यो जायज नहुने धारणा राखे । ‘प्रहरीलाई निष्पक्ष काम गर्न सक्ने वातावरण बनाउन सक्नुपर्छ’, प्रधानको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण