झ्याप्प-झ्याप्प जान्छ बिजुली : प्राधिकरणले इन्भर्टर किनेर राख्नु भन्न खोजेको हो ?
सारांश
- मनसुन सुरु भएपछि विद्युत् उत्पादन बढेको छ, जसले गर्दा प्राधिकरणले भारत र बङ्गलादेशमा निर्यात सुरु गरेको छ।
- काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा बिजुलीको समस्या आएको छ, तर प्राधिकरणले भने लोडसेडिङ नभएको दाबी गरेको छ।
- प्राधिकरणले बिजुली निर्यातबाट दैनिक १० करोड रुपैयाँसम्म आम्दानी गरिरहेको छ र कल सेन्टर स्थापना गरेको छ, तर उपभोक्ताहरू अझै अन्योलमा छन्।
काठमाडौँ । नेपालमा मनसुन सुरु भएर खोला नदीमा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन पनि वृद्धि हुन थालेको छ । उत्पादन वृद्धि हुन थालेसँगै नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशमा विद्युत् निर्यात थालनीसमेत गरेको छ ।
प्राधिकरणले भारत र बंगलादेश विद्युत् निर्यात थालनी गरेको भने पनि काठमाडौँ उपत्यका लगायत देशैभर बिजुली घरीघरी गइरहने समस्या देखिएको छ । सामाजिक सञ्जालमा पछिल्लो सात दिनदेखि अघोषित लोडसेडिङ गरेको भन्दै प्राधिकरणको चर्को आलोचना भइरहेको छ । दैनिक तीन देखि चार घण्टासम्म विद्युत् गइरहेको ग्राहकहरूले बताउँदै आएका छन् ।
मनसुन सुरु भएर नेपालको मागभन्दा बढी विद्युत् उत्पादन हुँदा पनि घण्टौँसम्म बत्ती जानु भनेको सरकारले अघोषित लोडसेडिङ गरेको सर्वसाधारणहरूको गुनासो छ ।
‘साँझ र दिउँसोको समयमा घरीघरी बत्ती गइरहेको छ । दैनिक छिनछिनमा बत्ती जानु भनेको प्राधिकरणले इन्भर्टर किनेर राख्नु भन्ने खोजेको जस्तो देखियो,’ सर्वसाधारणहरुले सामाजिक सञ्जाल मार्फत गुनासो गरिरहेका छन् ।
यता नेपाल विद्युत् प्राधिकरण दैनिक न्यूनतम साढे १० करोड रुपैयाँसम्मको विद्युत् भारत र बंगलादेश निर्यात भएको बताएको छ । मनसुन सक्रिय भएर निरन्तर वर्षाका कारण जलविद्युत् आयोजनामा जल प्रवाह बढेसँगै विद्युत् निर्यातको ग्राफ उकालो लागेको विद्युत् प्राधिकरणले जनाएको हो ।
प्राधिकरणले बत्ती गए फोन गर्न सातै प्रदेश र उपत्यकामा समेत गरी आठ ठाउँमा कल सेन्टर स्थापना गरिएको प्रवक्ता राजन ढकाले बताए ।
तर स्वदेशका ग्राहकलाई लोडसेडिङको झल्को दिने गरी घरी–घरी ट्रिपिङ गरिरहेको छ । त्यस्तै, मंगलबार मात्रै प्राधिकरणले दुई देशमा निर्यात भइरहेको बताइरहेका बेला स्वदेशी ग्राहकलाई भने बत्ती गए ११५० नम्बर फोन गर्न सूचना नै जारी गरेको छ । प्राधिकरणले बिजुली निर्यात गर्दैछौँ पनि भन्ने अनि बत्ती गए कल सेन्टरमा फोन गर्न सूचना पनि निकाल्दा उपभोक्ताहरू थप अन्योलमा पारेको देखिन्छ ।
प्राधिकरणले बत्ती गए फोन गर्न सातै प्रदेश र उपत्यकामा समेत गरी आठ ठाउँमा कल सेन्टर स्थापना गरिएको प्रवक्ता राजन ढकाले बताए । उनले प्राधिकरणको साइटमा नै सूचना जारी गरेको भन्दै कल सेन्टरमा बत्ती किन गयो ? कतिबेला आउँछ? के कारणले गएको हो? भन्ने जानकारी लिन सकिने बताए ।
विद्युत् उत्पादन सहज हुँदा पनि किन कल सेन्टर आवश्यक भन्ने प्रश्न गर्दा उनले वर्षायाम भएकाले बाढीपहिरोका कारण प्राविधिक समस्या र मर्मत गर्दा विद्युत् अवरुद्ध हुने भएकाले कल सेन्टर स्थापना गरी उपभोक्तालाई जानकारी दिने गरी सूचना निकालेको बताए ।
‘मनसुन भित्रिएर खोला नदीमा बहाव बढेसँगै उत्पादन पनि बढेको छ । नेपालको मागभन्दा बढी भएको बिजुली विदेश निर्यात भइरहेको छ । उपभोक्ताले उपभोग गरेर बचत भएको बिजुली निर्यात गर्न थालिएकाले लोडसेडिङ कहीँ कतै छैन,’ प्रवक्ता ढकालले भने, ‘देशभित्रको उत्पादन आन्तरिक माग धान्ने मात्र नभई भारत र बंगलादेशमा बेच्न थालिएपछि लोडसेडिङ छैन। प्राविधिक गडबडीले बिजुली गएको हुन सक्छ ।’
प्राधिकरणका अनुसार वर्षातको समय भएकाले विद्युत् उत्पादन र खपत अवस्थाअनुसार निर्यात अझै बढ्दै जाने सम्भावना छ ।
उनले गत शनिबार मात्रै नेपालबाट २४ घण्टामा १५ हजार ९१८ मेगावाट विद्युत् निर्यात हुँदा १० करोड ७१ लाख रुपैयाँ आम्दानी भएको बताए । बंगलादेशमा प्रतियुनिट ६.४ अमेरिकी सेन्टमा विद्युत् निर्यात सुरु भएको छ ।
प्राधिकरणका अनुसार असार १ देखि नेपालले बंगलादेशमा दैनिक ४० मेगावाट, भारतको विहार राज्यमा १२५ मेगावाट, हरियाणा राज्यमा दुई सय मेगावाट र विहारमा पनि ८० मेगावाट विद्युत् नियमित निर्यात गर्दै आएको छ।
बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुनेछ ।
दैनिक बोलकबोलमार्फत इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मा विद्युत् निर्यात हुने गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार वर्षातको समय भएकाले विद्युत् उत्पादन र खपत अवस्थाअनुसार निर्यात अझै बढ्दै जाने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण