लागूऔषधसहित ३ जना भारतीय नागरिक पक्राउ
मकवानपुर । मकवानपुरको रातोमाटेबाट लागूऔषधसहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । हेटौंडा–१५ स्थित रातोमाटे प्रहरी चौकीबाट प्रहरीले लागूऔषध कोरेक्स र स्पास्मोप्रोक्सिभन सहित ३ जना भारतिय नागरिकलाई पक्राउ गरेको हो ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको रातोमाटे चेकप्वाइन्टमा नियमित सवारी चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बुधबार बिहान करिब ६ बजेको समयमा भारतको मोतीहारीबाट काठमाडौँतर्फ आउँदै गरेको बिएल ०१ एडब्लु १४०४ नम्बरको कार जाँच गर्ने क्रममा लागूऔषध बरामद भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक श्यामु अर्यालका अनुसार चेकजाँचका क्रममा कारको सिटमुनी र पछाडिको डिकीमा फल्स बटम बनाई लुकाइएको अवस्थामा २५ हजार ४५५ क्याप्सुल स्पास्मो प्रोक्सिभन र १२० बोतल कोरेक्स बरामद गरिएको थियो ।
पक्राउ पर्नेमा भारत बिहार राज्य मोतीहारी जिल्ला पंचमिडियाका २६ वर्षीय उपेन्द्र यादव, २२ वर्षीय सञ्जित कुमार यादव र ३५ वर्षीय सिकिन्दर महतो रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर सवारीसाधन र लागूऔषधसहित जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरिक्षक अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण