रास्वपा चितवनका क्षेत्रीय सदस्य साइबर अपराध गरेको आरोपमा पक्राउ
बिहीबार, १२ असार २०८२, १८ : ००
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी चितवन क्षेत्र नम्बर-३ का सदस्य विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
- पौडेलले परराष्ट्रमन्त्री आरजु देउवाका भाइ, गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज र तस्बिर पोस्ट गरेका थिए।
- प्रहरीको साइबर ब्युरोले उनलाई चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको छ र विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन क्षेत्र नम्बर–३ का क्षेत्रीय सदस्य विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई चितवनबाट पक्राउ गरिएको ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
पौडेलले परराष्ट्रमन्त्री आरजु देउवाका भाइ भूषण राणा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलिबिरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गरेर सामग्री पोस्ट गरेका थिए । पौडेलले गृहमन्त्री लेखकलाई ‘मानव तस्कर’को आरोप लगाउँदै अनुहार बिगारेर लेखकको तस्बिर समेत सामाजिक सञ्जाल (फेसबुक)मा पोस्ट गरेका हुन् ।
पौडेललाई प्रहरीको साइबर ब्युरोले चितवनमा पक्राउ गरेर काठमाडौँ ल्याएको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट विद्युत्तीय कारोबार ऐन–२०६३ को दफा ४७ अनुसारको मुद्दामा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको ब्युरोका ती अधिकृतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण