पहिलो पटक कप्तान नतोकेरै उज्बेकिस्तानमा फुटबल खेल्न पुग्यो नेपाली महिला टोली
सारांश
- नेपाली महिला फुटबल टोली एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तान पुग्यो, तर कप्तान बिना नै!
- प्रशिक्षकले प्रतियोगिताको एक दिन अघि मात्रै कप्तान तोक्ने बताएका छन्, यसले चर्चा ल्याएको छ।
- नेपालले लाओस, श्रीलंका र उज्बेकिस्तानसँग खेल्ने छ, र शीर्ष स्थानमा आउने टोली एसियन कपमा छनोट हुनेछ।
काठमाडौँ । नेपाली महिला राष्ट्रिय टोली एएफसी एसियन कप छनोट २०२६ खेल्न बुधबार उज्बेकिस्तान पुगेको छ । उक्त टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले भव्य बिदाइ गरेको थियो ।
तर, नेपाली प्रतियोगिता खेल्नका लागि कप्तान नै नतोकेको पाइएको छ । फुटबलको इतिहासमा पहिलो पटक कुनै राष्ट्रिय टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा कप्तान विनै नेपाली टोली पुगेको हो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेले प्रतियोगिता खेल्ने एक दिन अघिमात्र कप्तान तोक्ने बताएका छन् ।
यता एन्फाले पनि कप्तानको जिम्मेवारी तोक्ने विशुद्ध अधिकार मुख्य प्रशिक्षकसँग भएका हुनाले आफूहरू यो विषयमा कुनै कुरा बोल्न नमिल्ने बताएको छ ।
राष्ट्रिय महिला फुटबल टोलीमा यसअघि लामो समय गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले कप्तानी सम्हाली रहेकी थिइन् । प्रशिक्षक प्याट्रिकले भने हालसम्म नयाँ कप्तानको जिम्मेवारी कुनै खेलाडीलाई दिन सकेका छैनन् ।
अहिले प्याट्रिकले कप्तानको जिम्मेवारी दिन परेका प्रमुख रोजाइको खेलाडी सावित्रा भण्डारी साम्बा, एन्जिला र रेनुका हुनेछन् ।
तर, प्रशिक्षक प्याट्रिकले एन्जिलालाई टिममा पहिलो रोजाइको गोलरक्षक नराखेका हुनाले अहिले कप्तानको जिम्मेवारीको विषय धेरै चर्चाको रूपमा आएको छ ।
नेपाल रहेको समूह ‘एफ’ मा घरेलु टोली उज्बेकिस्तानसँगै श्रीलङ्का र लाओस् छन् । नेपालले आफ्नो छनोट यात्रा असार १५ लाओसविरुद्ध खेल्दै सुरु गर्नेछ। त्यसपछि असार १८ मा श्रीलङ्का र असार २१ मा आयोजक उज्बेकिस्तानसँग भिड्नेछ । समूहको शीर्ष स्थान हात पार्ने टोली अर्को वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण