ललितपुर महानगरमा लागुऔषध दुर्व्यसनरहित घर अभियान सुरु
सारांश
- ललितपुर महानगरपालिकामा लागुऔषध दुर्व्यसनरहित घर अभियान सुरु भएको छ।
- मेयर चिरिबाबु महर्जन र एआईजी टेक बहादुर तामाङले अभियानको लागि समझदारी पत्रमा हस्ताक्षर गरे।
- आईजीपी दीपक थापाले लागुऔषध नियन्त्रणको लागि विभिन्न अभियानहरू सञ्चालन गरिरहेको बताए।
काठमाडौँ । ललितपुर महानगरपालिकामा लागुऔषध दुर्व्यसनरहित घर अभियान सुरु गरिएको छ । सानेपामा आयोजित समारोहमा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन र उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले समझदारी पत्रमा हस्ताक्षर गरे ।
लागुऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित समारोहमा ललितपुरका मेयर चिरिबाबु महर्जनले अभियान सफल पार्न लागि पर्ने बताए । उनले भने– ‘सबैलाई धन्यवाद, धेरै राम्रो कामको सुरुवात भएको छ ।’
ललितपुर प्रहरीले एकदमै सराहनीय काम गर्दै आएको उल्लेख गर्दै महर्जनले प्रहरीसँगको सहकार्यमा अभियान सफल पारिने उद्घोष गरेका छन् । कार्यक्रम जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर र ललितपुर महानगरपालिकाले आयोजना गरेका हुन् ।
कार्यक्रममा आईजीपी दीपक थापाले लागुऔषध ‘रोग’ भएको बताए । उनले भने, ‘लागुऔषध नियन्त्रण गर्न हामीले विभिन्न अभियान र अपरेसन सञ्चालन गरिरहेका छौँ ।’
ललितपुर महानगरपालिका भित्र सुरु गरिएको लागुऔषध दुर्व्यसनरहित घर अभियानलाई अभियानलाई व्यवस्थित रूपमा लैजान आईजीपी थापाले उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङ र ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण