पर्यटन प्रवर्द्धनमा ‘क्लियरिङ हाउस’ र ‘एण्ट इन्टरनेशनल’ को पहल
सारांश
- एनसीएचएल र एण्ट इन्टरनेशनलले पर्यटन क्षेत्रलाई डिजिटल भुक्तानीमार्फत सशक्त बनाउने कार्यक्रम गरे।
- कार्यक्रममा डिजिटल भुक्तानी प्रविधिले पर्यटन विकासमा पार्ने प्रभावबारे छलफल भयो।
- नेपालपे क्यूआर र अलि पे प्लस नेटवर्कमार्फत १७ देशका प्रयोगकर्ताले भुक्तानी गर्न सक्नेछन्।
काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै आएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र वित्तीय प्रविधिमा अग्रणी संस्था एण्ट इन्टरनेशनलले पर्यटन क्षेत्रलाई डिजिटल माध्यमबाट थप सशक्त बनाउने उद्देश्यले बिहीबार संयुक्त कार्यक्रम गरेका छन्।
बैंक, वित्तीय संस्था तथा पर्यटन क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा डिजिटल भुक्तानी प्रविधिले आन्तरिक पर्यटन विकास, अन्तर्राष्ट्रिय पर्यटकहरूको सहजता, र स्थानीय व्यवसायमा पार्ने सकारात्मक प्रभावबारे विशेष छलफल गरिएको थियो।
गत वर्ष कार्तिक महिनादेखि एनसीएचएल र एण्ट इन्टरनेशनलबीचको सहकार्यमा ‘नेपाल पे क्यूआर’ र ‘अलि पे प्लस ’ नेटवर्कमार्फत क्रस–बोर्डर क्यूआर भुक्तानी सेवा सुरु गरिएको थियो।
यस सेवामार्फत चीन, हङकङ, मकाउ, इटाली, मलेसिया, मंगोलिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, थाइल्याण्ड लगायत १७ देशका मोबाइल एप प्रयोगकर्ताहरूले नेपालमा रहेका १२ लाखभन्दा बढी नेपालपे क्यूआर मर्चेन्टहरूमार्फत सजिलै भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको एनसीएचएलले जनाएको छ।
यस सेवा नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि सहज र सुरक्षित भुक्तानी अनुभव दिलाउने लक्ष्यसहित सुरु गरिएको हो, जसले पर्यटनसँगै समग्र डिजिटल अर्थतन्त्रमा पनि सकारात्मक टेवा पुर्याउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण