एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
शुक्रबार, १३ असार २०८२, ०९ : १९
सारांश
- एकीकृत समाजवादीको सचिवालय बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ ।
- बैठकमा अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको आरोपबारे जानकारी गराउनेछन् ।
- पतञ्जलि योगपिठको जग्गा प्रकरणमा विशेष अदालतले उनलाई ३५ लाख धरौटीमा छाडेको थियो।
काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज शुक्रबार बस्दैछ । बिहान ११ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको आरोपबारे जानकारी गराउनेछन् ।
पतञ्जलि योगपिठको जग्गा प्रकरणमा विशेष अदालतले अध्यक्ष नेपाललाई ३५ लाख धरौटीमा छाडेको थियो ।
त्यसक्रममा पार्टीका आन्तरिक गतिविधिबारे समेत छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण