१६ वर्षीया किशोरीको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धान निष्कर्ष
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ कोलगाउँमा असार ११ मा एक जना किशोरी मृत भेटिइन् । कोलगाउँका पदमबहादुर तामाङकी छोरी १६ वर्षीया निशा तामाङ घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन् ।
उनलाई सामूहिक बलात्कारपछि हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बलात्कारपछि हत्यामा संलग्न आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । सामूहिक बलात्कार पछि निशाको हत्या भएको अनुसन्धानबाट थाहा भएको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । उनले भने, ‘हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेका छौँ ।’
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले शुक्रबार पत्रकार सम्मेलनमार्फत घटनाको जानकारी गराउँदैछ । मदिरा सेवन गरेका ५ जनाले पालैपालो बलात्कारपछि हत्या गरेर छ्यादिखोला जङ्गलमा किशोरीको शव फालेर भागेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
काठमाडौँबाट तालिमप्राप्त कुकर लगेर घटना अनुसन्धान गरिएको थियो । प्रहरी प्रधान कार्यालयस्थित केनाइन कार्यालयका इन्स्पेक्टर कृष्ण बस्नेतको कमान्डमा दुई वटा तालिम प्राप्त कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण