बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिन्धुपाल्चोकको जङ्गलमा १६ वर्षीया किशोरीको शव फेला, अनुसन्धान गर्न कुकुर परिचालन

बुधबार, ११ असार २०८२, १८ : ४२
बुधबार, ११ असार २०८२

सारांश

  • सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ कोलगाउँमा १६ वर्षीया किशोरी मृत अवस्थामा फेला परेकी छिन्।
  • किशोरीको शव घरबाट करिब ४ सय मिटर पर जंगलमा भेटिएको हो, घटनाबारे अनुसन्धान सुरु गरिएको छ।
  • घटनास्थलमा सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्की पुगेका छन् भने काठमाडौँबाट तालिमप्राप्त कुकुर पठाइएको छ।

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ कोलगाउँस्थित जङ्गलमा किशोरीको शव भेटिएको छ । कोलगाउँका पदम बहादुर तामाङको छोरी १६ वर्षीया निशा तामाङ घरबाट करिब ४ सय मिटर पर जंगलम मृत भेटिएकी हुन् ।

छ्यादीखोला जंगलको खोल्सामा भेटिएको शवबारे अनुसन्धान सुरु गरिएको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । एसपी कार्की घटनास्थलमा पुगेका छन् ।

घटनाबारे अनुसन्धान गर्न काठमाडौँबाट तालिमप्राप्त कुकुर पठाइएको छ । प्रहरी प्रधान कार्यालय स्थित केनाइन कार्यालयका इन्स्पेक्टर कृष्ण बस्नेतको कमान्डमा दुई वटा तालिम प्राप्त कुकुरलाई घटनास्थलमा परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप