बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री राणा इटाली प्रस्थान

शुक्रबार, १३ असार २०८२, ११ : १३
शुक्रबार, १३ असार २०८२

सारांश

  • परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा इटाली प्रस्थान गरिन्।
  • उनी एफएओ कन्फ्रेन्समा सहभागी हुनेछिन् र उच्चस्तरीय कार्यक्रमहरूलाई सम्बोधन गर्नेछिन्।
  • मन्त्री राणाको भ्रमण टोलीमा राजदूत र सरकारी अधिकारीहरू छन्, र उनी मिलान र जर्मनीमा पनि कार्यक्रममा सहभागी हुनेछिन्।

काठमाडौँ ।  परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा इटाली प्रस्थान गरेकी छन् । इटालीको रोममा जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि सङ्गठन (एफएओ) कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन आज मन्त्री राणा त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

उनले सो कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  भ्रमण टोलीमा अस्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी रहेका छन् ।

उक्त सम्मेलनपश्चात् मन्त्री राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ । 

मन्त्री राणालाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले बिदाइ गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप