नेकपा एसको ठहर : अध्यक्षमाथिको भ्रष्टाचार मुद्दा अस्वाभाविक र राजनीतिक आग्रह प्रेरित
सारांश
- नेकपा (एकीकृत समाजवादी) ले माधवकुमार नेपालविरुद्धको मुद्दालाई राजनीतिक आग्रहबाट प्रेरित ठान्यो।
- पार्टी सचिवका अनुसार, बैठकले नेपालमाथिको मुद्दा कानुनसम्मत नभएको निष्कर्ष निकाल्यो।
- सचिवालय बैठकले किसानलाई मल वितरण गर्न र नेता कार्यकर्तालाई तयारीका साथ लाग्न आग्रह गर्यो।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालविरूद्ध पतञ्जली जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अस्वाभाविक र राजनीतिक आग्रह प्रेरित रहेको ठहर गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले यस्तो ठहर गरेको पार्टी सचिव सोमप्रसाद पाण्डेले बताएका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अध्यक्ष नेपालमाथि लगाइएको मुद्दा कानुनी नभई राजनीतिक हो भन्ने निष्कर्षमा पार्टी पुगेको जानकारी दिए ।
उनले पतञ्जली प्रकरणमा अध्यक्ष नेपालमाथि नभई पतञ्जलीमाथि छानबिन हुन आवश्यक रहेको पनि बताए । उनले अध्यक्ष नेपालमाथिको मुद्दा समग्र कम्युनिस्ट आन्दोलनमाथिकै प्रहार रहेको समेत बताए ।
उनकाअनुसार सचिवालय बैठकले किसानलाई यथाशीघ्र रासायनिक मल वितरण गर्न सरकारसँग माग समेत गरेको छ ।साथै बैठकले पार्टीका नेता, कार्यकर्ताहरूलाई उक्त कार्यमा सक्रियतापूर्वक तयारीका साथ लाग्न अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण