राजन र सन्तोषी बने पाँचौँ वीर गणेशमान सिंह ‘टेन के रोड रेस’ को च्याम्पियन
सारांश
- वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस काठमाडौँमा सम्पन्न भयो, जसमा राजन रोकायाले पुरुषतर्फ उपाधि जिते।
- महिलातर्फ सन्तोषी श्रेष्ठले ३८ मिनेट ३ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन्, त्रिभुवन आर्मी क्लबकी पूर्ण लक्ष्मी दोस्रो भइन्।
- दौड दरबारमार्गबाट सुरु भई विभिन्न स्थानको परिक्रमा गर्दै पुनः दरबारमार्गमा नै टुङ्गिएको थियो।
काठमाडौँ । वीर गणेशमान सिंह फाउन्डेसन अन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा पाँचौँ वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस शनिबार काठमाडौँमा सम्पन्न भएको छ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकायाले ३१ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जिते। उनका सहकर्मी खड्कबहादुर खड्का ३१ मिनेट ५५ सेकेन्डमा दौड समाप्त गर्दै दोस्रो भए भने मुकेशबहादुर पालले ३२ मिनेट १२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे। बागलुङका तीर्थ पुन चौथो भए भने केन्याका जुलियस मुरीउकीले पाँचौँ स्थान प्राप्त गरे।
महिलातर्फ भने राष्ट्रिय कीर्तिमानी धाविका सन्तोषी श्रेष्ठले ३८ मिनेट ३ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन्। त्रिभुवन आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपानेले ३९ मिनेट १९ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान प्राप्त गरिन् भने एपीएफका आशा रावतले ४० मिनेट २७ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन्। सोही क्लबकी फूलमति राना ४० मिनेट २७।०१ सेकेन्डमा दौड समाप्त गर्दै चौथो भइन्।
दौड दरबारमार्गस्थित एडिडास शोरुमबाट बिहान ७ बजे सुरु भई भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै पुनः दरबारमार्ग मै समाप्त भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा सत्ता समीकरणको रस्साकस्सी : राप्रपा र हानेपा तान्ने कसरत तीव्र
-
सुनसरी घटना : यी हुन् जिम्मेवारी खाेसिएका सुरक्षा अधिकारीहरू
-
नेपालबाटै मोरक्कोको भिसा प्रक्रिया सुरु, भारत धाउनुपर्ने बाध्यता हट्यो
-
चेन्नईमा किन रोकियो विजयको ‘जन नायकन’को प्रदर्शन ?
-
अध्यागमनका कर्मचारी र अमेरिकी नागरिकविरुद्ध अख्तियारले चलायो मुद्दा
-
एनपीएलमा शाकिबको इन्ट्री, पोखरा एभेन्जर्सले गर्यो अनुबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण