नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित
शनिबार, १४ असार २०८२, १७ : ४९
सारांश
- प्रतिनिधिसभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित गरेको छ।
- गृहमन्त्री रमेश लेखकले नेपाली नागरिकलाई नागरिकताविहीन हुन नपर्ने बताए।
- नयाँ विधेयकले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउनेछ।
काठमाडौँ । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले बैठकमा पेस गर्नुभएको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको हो ।
त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नेपाली नागरिकलाई नागरिकताविहीन हुनुपर्ने अवस्था अव नरहने बताए ।
नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बताउन नयाँ विधेयक ल्याएको उनले बताए । उनले गैर आवासीय नागरिकलाई नागरिकता प्रदान गर्ने सम्बन्धमा छुट्टै कानुन बनाइने उल्लेख गरे ।
प्रतिनिधिसभाका बैठक आइतबार १ बजे बस्ने गरी स्थगित भएको छ । आइतबार बस्ने बैठकमा सङ्घीय निजामती सेवा विधेयक २०८२ लाई पारित गर्ने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण