आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : एमालेमा फर्किइन् विद्या, ओली लागे स्पेनतिर

शनिबार, १४ असार २०८२, २२ : ००
शनिबार, १४ असार २०८२

काठमाडौँ । आज मिति २०८२ साल असार महिनाको १ गते शनिबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा आज पनि हामी ‘१० बजे १०’ समाचार लिएर उपस्थित भएका छौँ–

  • विद्याको कम्ब्याक

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेकी छन् । जननेता मदन भण्डारीको ७४ औँ जन्म जयन्तीका अवसरमा शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।

  • मदन भण्डारीको ७४ औँ जन्म जयन्ती

आज असार १४ । तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्ती ।  यसै सन्दर्भ एमालेले देशभर विभिन्न कार्यक्रम गरेर मदन भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण गर्न खेलेको भूमिकाको स्मरण गरेको छ ।  मदन भण्डारी फाउन्डेसनको आयोजनामा काठमाडौँको राष्ट्रिय सभागृहमा शनिबार विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत एमालेका शीर्ष नेताहरू सहभागी भएका थिए । 

  • प्रधानमन्त्री स्पेन प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभिया सहरमा आयोजना हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन शनिबार स्पेन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली २९ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन गएका हुन्।

  • नारायणगढ–बुटवल सडकखण्ड

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा भइरहेको ढिलाइका कारण सास्ती खेपिरहेका सर्वसाधारण तथा यात्रुले तत्काल राहत नपाउने भएका छन् । तेस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिने छ । म्याद सकिनै लाग्दा भौतिक प्रगति जम्मा ६९ प्रतिशतमा सीमित भएपछि सरकारले चौथो पटक म्याद थपको तयारी गरेको छ । 

  • वेथिति

सप्तरीको राजविराजमा २०६५ सालमा भारतीय दूतावासको सहयोगमा निर्माण सम्पन्न भएको महेन्द्र विन्देश्वर बहुमुखी क्याम्पसको कन्या छात्रावासको भुक्तानी यतिवेला मधेस प्रदेश सरकारले गर्दैछ । मधेस सरकारले आर्थिक वर्ष २०८२/०८३ को रेडबुकमा सो बक्यौता रकम भुक्तानी गर्ने उल्लेख गरेको छ । कन्या छात्रावास निर्माण समितिलाई दिन बाँकी रकम प्राविधिक मूल्याङ्कन अनुसार एक करोड ८० लाख भुक्तानी दिने रेड बुकमा उल्लेख छ । 

  • मनमोहन प्राविधिक विश्वविद्यालय

कोशी प्रदेशको मोरङस्थित बुढीगंगामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालय परिसरमा प्रवेश गर्दा ठुला आशाको सञ्चार हुन्छ । एकातिर, प्रयोगशालाहरूमा हानिकारक ब्याक्टेरियालाई नष्ट गर्ने फाइदाजनक भाइरस (ब्याक्टेरियोफेज) माथि अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अर्कोतिर, नेपालकै जडीबुटी प्रयोग गरेर मधुमेह नियन्त्रण गर्ने औषधि विकास गर्ने काम द्रुत गतिमा अघि बढिरहेको छ । 

  • विद्यालय शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस हुन अझै केही दिन लाग्ने भएको छ । नेपाल शिक्षक महासङ्घ र सरकारबिच गत वैशाख १७ गते भएको सहमति अनुसार असार १५ गते (भोलि आइतबार) प्रतिनिधिसभाबाट विधेयक पारित गर्ने भनिएको थियो । तर, विधेयकमाथिको छलफल नसकिएपछि विधेयक पेस गर्ने समय केही दिन पर धकेलिने भएको हो । 

  • नागरिका विधेयक

 नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ ।  शनिबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले बैठकमा पेस गरेको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको हो ।

  • फोटोफिचर
  • शनिबार विशेष

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप