माओवादी केन्द्र रुकुम–काठमाडौँ सम्पर्क समन्वय समितिको आयोजनामा रक्तदान कार्यक्रम
सारांश
- माओवादी केन्द्र रुकुम पश्चिमले काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना गर्यो।
- कार्यक्रममा ८० जनाले रक्तदान गरे, जसले रुकुम पश्चिमका बिरामीलाई सहयोग गर्नेछ।
- उपमहासचिव जनार्दन शर्माको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो, रेडक्रससँग सहकार्य थियो।
काठमाडौँ । नेकपा माओवादी केन्द्र रुकुम पश्चिम–काठमाडौँ समन्वय समितिको आयोजनामा शनिबार काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयसँगको सहकार्यमा कार्यालय परिसर भृकुटीमण्डपमा रक्तदान कार्यक्रम भएको हो ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरको उपस्थितिमा भएको कार्यक्रममा रुकुम पश्चिम घर भई हाल पेसा, व्यवसाय, अध्ययनको सिलसिलामा काठमाडौँमा रहेका ८० जनाले रक्तदान गरेको नेकपा माओवादी केन्द्र रुकुम पश्चिम–काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष एकराज केसीले जानकारी दिए । रक्तदान गर्नेमा कर्मचारी, विद्यार्थी, व्यापारी, नेता, कार्यकर्ता लगायत रहेको उनको भनाई छ ।
उनका अनुसार रुकुम पश्चिमबाट उपचारका लागि काठमाडौँ पुग्ने बिरामीहरूलाई रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । अहिले रक्तदान गरेर रेडक्रसलाई रगत उपलब्ध गराइएको र भोलीका दिनमा आवश्यक परेको खण्डमा रेडक्रसले रगत उपलब्ध गराउने उनको भनाइ छ ।
रेडक्रससँगको यो सहकार्यले रुकुमबाट उपचारका लागि काठमाडौँ पुगेर रगत अभावमा कोही पनि बिरामी भौँतारिनु नपर्ने अध्यक्ष केसीले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण