एकीकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनीको अध्यक्षमा कृष्ण थापा सर्वसम्मत
सारांश
- युवा संघ नेपाल लुम्बिनीको अध्यक्षमा रुपन्देहीका कृष्ण थापा सर्वसम्मत निर्वाचित भएका छन्।
- बुटवलमा सम्पन्न प्रदेश भेलाले थापाको अध्यक्षतामा ४५ सदस्यीय युवा सङ्घको प्रदेश कमिटी चयन गरेको हो।
- नवनिर्वाचित अध्यक्ष कृष्ण थापाले युवा संघलाई व्यवस्थित रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाए।
बुटवल । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनीको अध्यक्षमा रुपन्देहीका कृष्ण थापा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न भएको प्रदेश भेलाले थापाको अध्यक्षतामा ४५ सदस्यीय युवा सङ्घको प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
नेकपा एकीकृत समजावादीका उपमहासचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरीको प्रमुख आतिथ्ययतामा भएको भेलाले सर्वसम्मत कमिटी चयन गरिएको छ । उपाध्यक्षमा सार्दुल कसौधन (रुपन्देही), अर्का उपाध्यक्षमा सुनिल बुढाथोकी (दाङ), सचिवमा धनराज डिसि (रोल्पा), उपसचिवद्वयमा साजन सापकोटा (बाँके), शान्ति पाटा मगर (दाङ) र कोषाध्यक्षमा आशिष श्रेष्ठ (पाल्पा) निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरूमा शिशिर खत्री (बर्दिया), पुन्थे शाही (बाँके), दुर्गा बुढाथोकी (दाङ), आनन्द भुसाल –अर्घाखाँची), गोविन्द नेपाली (अर्घाखाँची), बिशाल बराल (गुल्मी, साईजन खाँन (कपिलबस्तु) लगायत रहेका छन् । नवनिर्वाचित अध्यक्ष कृष्ण थापाले युवा संघलाई लुम्बिनी प्रदेशमा व्यवस्थित रूपमा एउटा आशालाग्दो सङ्गठनका रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण