कृषिलाई आधुनिक पेसाका रूपमा विकास गर्न नीतिगत सुधार गर्नुपर्छ: सभामुख घिमिरे
सारांश
- सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक बनाउन नीतिगत सुधारको आवश्यकता औंल्याए।
- उनले सिँचाइ अभाव, मलको समस्या र उन्नत बीउको कमीले उत्पादनमा असर परेको बताए।
- राष्ट्रिय धान दिवसमा उनले खाद्य सुरक्षा र आत्मनिर्भरताका लागि काम गर्न आह्वान गरे।
काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक, व्यावसायिक र आकर्षक पेसाका रूपमा विकास गर्न नीतिगत सुधारसहित उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ ध्यान दिन आह्वान गरेका छन् ।
२२औँ राष्ट्रिय धान दिवसका अवसरमा आज (आइतबार) शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले भनेका छन्, “नेपालको अधिकांश खेती अझै पनि अकासे पानीमा निर्भर छ । सिँचाइ सुविधाको अभाव, समयमा मल नपाइने समस्या र उन्नत बीउको अभावले गर्दा उत्पादन क्षमतामा ठूलो प्रभाव परेको छ ।”
उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यस वर्ष ‘धानबालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ नारासहित राष्ट्रिय धान दिवस मनाइरहेका छौँ । किसान र सरोकारवाला सम्बद्ध पक्षहरूलाई सचेत तथा जागरूक बनाउने सन्देशसहित देशलाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षित हुने दिशामा काम गर्न अभिप्रेरित गर्नु यस वर्षको नाराको सन्देश रहेको छ ।
सभामुख घिमिरेले प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धान नेपालीको खाद्य सुरक्षाको प्रमुख आधार भएको उल्लेख गर्दै त्यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको महत्त्व रहेको बताए। उनले भनेका छन्, “धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धति पनि हो, देशको करिब ६५ प्रतिशत जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि कर्ममा संलग्न छन्, तथ्याङ्कअनुसार नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना हो, कृषिप्रधान मुलुकको यस यथार्थप्रति गम्भीर आत्म मूल्याङ्कन गर्नुपर्ने अवस्था आएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण