करिब १ सय २० किलो गाँजासहित दुई जना पक्राउ
आइतबार, १५ असार २०८२, १२ : २५
सारांश
- सुनसरीको वराहक्षेत्रबाट १२० किलो गाँजासहित २ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा मोरङ र जहदाका २ युवा रहेको प्रहरीले जनाएको छ।
- प्रहरीले धरानबाट कालाबन्जारतर्फ आउँदै गरेको कारमा गाँजा फेला पारेको हो।
सुनसरी । वराहक्षेत्र नगरपालिका–५ तीनकुनेबाट करिब १ सय २० किलोग्राम लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुकी उनीहरूलाई प्रहरी पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका–४ इक्राही बस्ने २६ वर्षीय धिरज गोसाई र जहदा गाउँपालिका–७ बस्ने २२ वर्षीय विकास यादव रहेका छन् । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले धरानबाट कालाबन्जारतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६३७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई छिपाई राखेको ६ वटा
पोकामा उक्त परिमाणको गाँजा फेला पारी कार चालक धिरज र कारमा सवार विकासलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण