समाचार
नेकपा एकीकृत समाजवादीले भन्यो– जथाभावी नलेख्नुस्, नबोल्नुस्
आइतबार, १५ असार २०८२, १८ : ४८
काठमाडौँ । एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि चलिरहेको मुद्दाबारे जथाभावी नबोल्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
महासचिव घनश्याम भुसालले आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालमाथिको मुद्दामा पार्टीको धारणा भन्दा फरक नबोल्न निर्देशन दिएका हुन् ।
अध्यक्ष नेपालविरुद्ध नेतृ रामकुमरी झाँक्रीले सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि पार्टीले विज्ञप्ति जारी गर्दै जथाभावी नलेख्न र नबाेल्न निर्देशन दिएको हो ।
नेपाल विरुद्ध अख्तिायर दुरुपयोग अनुसन्धान आयागले विशेष अदालतमा पतञ्जली प्रकरणमा मुद्धा दायर गरेको थियो । अदालतले नेपाललाई ३५ लाख धरौटीमा रिहा समेत गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण