इस्तानबुल भ्रमण फलदायी भयो : मन्त्री दाहाल
सोमबार, १६ असार २०८२, ०९ : ५७
सारांश
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्की भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
- उनले इस्तानबुलमा आयोजित फोरममा नेपालको तर्फबाट भाग लिएका थिए र क्षेत्रीय सहकार्यको महत्वबारे बोले।
- भ्रमणका क्रममा मन्त्री दाहाल र टर्कीका समकक्षीबीच दुई पक्षीय हितका बारेमा छलफल भयो।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्की भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। टर्कीको इस्तानबुलमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ मा भाग लिन गत बिहीबार उनी त्यस तर्फ गएका थिए ।
मन्त्री दाहालले आफ्नो ईस्तानबुल भ्रमण फलदायी भएको बताए। उक्त समारोहलाई सम्बोधनका क्रममा नेपाल लगायत भूपरिवेष्टित मुलुकहरूको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिएको मन्त्री दाहालले बताए।
यस्तै सोही भ्रमणका क्रममा मन्त्री दाहाल तथा त्यहाँका समकक्षीबिच भेटवार्ता भएको थियो । मन्त्री दाहाल र टर्कीका यातायात मन्त्री अब्दुल कदीर उरालोग्लु बिच दुई पक्षीय हितका बारेमा साइड लाइन वार्ता भएको उनको सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण