विधेयकको अवस्थाबारे सभामुखले समिति सभापतिसँग छलफल गर्ने
सारांश
- सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दैछन्।
- सोमबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा छलफल हुनेछ।
- छलफलको मुख्य विषय समितिमा रहेका विधेयकको अवस्थाबारे रहेको छ।
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् । सोमबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शङ्कर हलमा सभापतिहरूसँग छलफल राखिएको सभामुखको सचिवालयले जनाएको छ ।
समितिमा रहेका विधेयकको अवस्थाका बारेमा सभामुखले समिति सभापतिहरूसँग छलफल गर्न लागेको बुझिएको छ ।
संसदीय समितिमा हाल ११ वटा विधेयक दफावार छलफलका क्रममा छन् । जसमा विद्यालय शिक्षा विधेयक २०८०, विद्युत् विधेयक २०८०, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८०, बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०, निकासी पैठारी नियमन विधेयक,नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक,सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१, नेपाल प्रहरी विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक, धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण