माग्ने राजाको टिजरले जगायो कौतुहलता
सारांश
- केदार घिमिरे 'माग्ने बुढा' अब 'माग्ने राजा' को रूपमा दर्शकमाझ आउँदै छन्, फिल्मको टिजर सार्वजनिक।
- फिल्ममा विल्सन विक्रम राई र केदार घिमिरेको पुनर्मिलन, मामा-भान्जाको जोडीको भूमिका रहनेछ।
- फिल्म 'माग्ने राजा' भदौ ६ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुनेछ, आरआर फिल्मस्ले वितरण गर्दैछ।
काठमाडौँ । नेपाली हास्यव्यङ्ग्य क्षेत्रका सर्वाधिक लोकप्रिय कलाकार केदार घिमिरे 'माग्ने बुढा' पहिचानबाट माथि उठ्दै अब 'माग्ने राजा' को रूपमा दर्शकमाझ आउँदै छन्। सोमबार सार्वजनिक उनको पहिलो मुख्य भूमिकाको फिल्म ‘माग्ने राजा’ को टिजरले उनको नयाँ यात्रा दमदार हुने सङ्केत दिएको छ।
सार्वजनिक टिजर रमाइला र धारिला संवादले भरिएको छ, जसको केन्द्रबिन्दुमा केदार घिमिरे नै छन्। पोस्टरबाटै आफ्नो भिन्न लुक्सका कारण चर्चामा आएका केदारले टिजरमा पनि आफ्नो नयाँ अवतारमार्फत दर्शकमाझ उत्साह थपिदिएका छन्।
टिजरको अर्को आकर्षण 'माग्ने बुढा' र 'तक्मे बुढा'को बहुप्रतिक्षित पुनर्मिलन हो। फिल्ममा विल्सन विक्रम राई केदारको भान्जाको भूमिकामा देखिएका छन्। टेलिभिजन पर्दामा दर्शकले औधी रुचाएको यो मामा-भान्जाको जोडीलाई फेरि एकसाथ पर्दामा हेर्नु दर्शकका लागि विशेष हुनेछ।
टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङ्देलको पनि उपस्थिति छ, तर उनीहरूको भूमिकालाई भने निर्माण टिमले गोप्य राखेर कौतुहलता जगाएको छ।
ऋषि लामिछानेको निर्देशनमा बनेको यो फिल्मलाई आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेले प्रस्तुत गरेका हुन् । फिल्मको कथा समीक्षक तथा लेखक सामीप्यराज तिमल्सेनाले लेखेका हुन्। फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सुजिल कर्माचार्यको पार्श्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ। फिल्मको आकर्षक टिजर साहिल खानले तयार पारेका हुन्।
आगामी भदौ ६ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको ‘माग्ने राजा’ लाई आरआर फिल्मस्ले वितरण गर्दैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण