सामान्य र कानुन मन्त्रालयका कर्मचारीले भने– हामीलाई अन्तिम प्रतिवेदन हेर्नै दिइएन !
सारांश
- सामान्य प्रशासन मन्त्रालयकी सहसचिव मिरा आचार्यले निजामती विधेयकमा कुलिङ पिरियडबारे छलफल नभएको बताइन्।
- राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उपसमितिको प्रतिवेदनमा छलफल हुँदा ८२ को ४ मा थप्ने विषय हटाइएकोबारे छलफल नभएको जनाइन्।
- कानुन मन्त्रालयका सहसचिव सुवास भट्टराईले अन्तिम प्रतिवेदन बनाउँदा आफू सहभागी नभएको बताए।
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयका सहसचिव मिरा आचार्यले निजामती विधेयकमा कुलिङ पिरियडमा राखिएको व्यवस्थाबारे आफूहरूसँग छलफल नै नभएको बताएकी छन् ।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी सहसचिव आचार्यले भनिन्– ‘समितिको सचिवालयले पेस गरेको प्रतिवेदन हामीले फाइनल गरेको होइन । उपसमितिको प्रतिवेदनमाथि छलफल हुँदै गर्दा ८२ को ४ मा थप्ने सवालमा बाधा मानिने छैन भन्नेमा हटाउने विषयबारे छलफल भएकै छैन ।’
निर्णय भएको विषय उपदफा ४ हेरे पनि अवकाश भएको विषयमा राजीनामा दिने विषय पहिला नआएको आचार्यले बताइन् । त्यसपछि आफू बाहिर गएकाले विस्तृत थाहा नपाएको भन्दै उनले प्रतिवेदन अध्ययनका लागि माग्दा समेत नदिइएको बताइन् । यस्तो अवस्थामा सङ्घीय मामिला मन्त्रालय कसरी संलग्न भयो ? भन्दै प्रश्न गरिन् ।
कानुन मन्त्रालयका सहसचिव सुवास भट्टराईले अन्तिम प्रतिवेदन तयार गर्दा आफू सहभागी नभएको बताए । ‘अन्तिम समयमा हामीलाई दफावार छलफलका लागि निमन्त्रणा पनि भएन’, भट्टराईले भने, ‘उपदफा ५ मा भएका व्यवस्था झिकिएको वा थपेको होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण