‘कुलिङ पिरियडमा षड्यन्त्र भयो, अन्तिममा पढ्नै दिइएन’
सारांश
- माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियडबारे षड्यन्त्र भएको बताए।
- उनले कुलिङको विषयवस्तु आजको नभएको र यसमा सहभागीहरूमाथि कारबाही हुनुपर्ने बताए।
- पाण्डेले विधेयक पढ्न नदिइएको भन्दै आपत्ति जनाए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियडबारे षड्यन्त्र भएको बताएका छन् । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पाण्डेले कुलिङको विषयवस्तु आजको नभएको भन्दै यो छेडखानी मात्र नभई षड्यन्त्र भएको बताएका हुन्।
उनले भने, ‘कुलिङको विषयवस्तु आजको होइन । छेडखानी मात्रै होइन, षड्यन्त्र भएको छ । मुख्यसचिवदेखि सहसचिवसम्मको विषयवस्तु सुन्न चाहन्छौँ । मैले हरेक दिनको बैठकमा यहाँहरूको अनुहार पनि हेरेको छु, मैले भनेको पनि छु ।’
उनले देशलाई सपार्ने हो भने आफ्नो नभई नेपाल आमाको अनुहार हेर्नुपर्ने बताए । नजानेर त्रुटि भएर भन्ने कुरा नरहेको भन्दै यसमा सहभागीहरूमाथि कारबाही हुनुपर्ने बताए । उनले भने, ‘यसमा कोको सहभागी भएका छन्, यसको छानबिन हुनुपर्छ ।’
प्रमुख सचेतक पाण्डेले अन्तिममा विधेयक पढ्न समिति सदस्यहरूलाई नदिइएको भन्दै आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण