विधेयक निर्माण प्रक्रियामा समितिले रायका लागि आमन्त्रण गरेको अवस्था बाहेक महासचिव कहीँकतै संलग्न हुँदैनः पाण्डेय
सारांश
- संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले विधेयक निर्माण प्रक्रियामा आफ्नो संलग्नता नहुने बताए।
- उनले रातोपाटीमा प्रकाशित समाचारको खण्डन गर्दै आफूमाथि निराधार आरोप लगाइएको बताएका छन्।
- पाण्डेयले छानबिनबाट दोषी देखिए सजाय भोग्न तयार रहेको प्रतिक्रिया दिए।
काठमाडौँ । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले विधेयक निर्माण प्रक्रियामा सम्बन्धित समितिले रायका लागि आमन्त्रण गरेको अवस्थामा बाहेक संसदको महासचिव कहिँकतै पनि संलग्न नहुने बताएका छन् ।
रातोपाटीमा प्रकाशित ‘कुलिङ किर्तेमा शंकाको सुई पाण्डेतिर, सिंहदरबारमा मुख छोप्दै दौडिएका थिए’ शीर्षकको समाचारप्रति खण्डन पठाउँदै उनले आफूमाथि निराधार आरोप लगाइएको उल्लेख गरेका छन् ।
उनको खण्डनमा भनिएको छ, ‘विधेयक निर्माण प्रक्रियामा सम्बन्धित समितिले रायका लागि आमन्त्रण गरेको अवस्थामा बाहेक संसदको महासचिव कहीँकतै पनि संलग्न हुँदैन । अझ संसदमा दफावार छलफल भई पारित विधेयकमा महासचिवको संलग्नता रहने भन्ने नै रहँदैन । विधेयकको छलफल तथा पारित गराउने विषयमा महासचिवको रूपमा मेरो भूमिका प्रशासनिक मात्र रहन्छ ।’
उनले बरु सभामुख, सम्बन्धित समितिका सभापति र सदस्यहरूसहितको बैठकमा आफूले यस विषयमा छानबिन गर्नुपर्ने सुझाव राखेको बताएका छन् ।
उनले भनेका छन्, ‘छानबिनबाट मेरो संलग्नता कहीँकतैबाट देखिन आएमा त्यसको सजाय भोग्न म खुसी छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण