लागु औषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सारांश
- विभिन्न जिल्लाहरूबाट लागूऔषधसहित १४ जना पक्राउ परेका छन्।
- उदयपुर, मकवानपुर, कपिलवस्तु, बाँके लगायतका स्थानबाट लागुऔषध बरामद गरिएको छ।
- प्रहरीले लागूऔषधसहित विभिन्न व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । लागु औषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन् । उदयपुर, मकवानपुर, कपिलवस्तु, बाँके लगायतका जिल्लाहरूका लागूऔषधसहित १४ जना पक्राउ परेका हुन् ।
उदयपुरको त्रियुगा नगरपालिका–१ फूलजोरबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ सय ४ ट्याब्लेटसहित सोही नगरपालिका–१३ असारी बस्ने २२ वर्षीय सुंगम राई समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले धरानबाट गाईघाटतर्फ आउँदै गरेको प्र–१–०२–००१ ख ९९४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई बुधबार उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ शिखरपानी र सोही उपमहानगरपालिका–८ औद्योगिक क्षेत्रबाट लागुऔषध ट्रामाडोल १ हजार ७ सय ७० ट्याब्लेटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१४ पदमपोखरी बस्ने ४० वर्षीय सोम स्याङ्तान, सोही उपमहानगरपालिका–१५ शिखरपानी बस्ने २४ वर्षीय महेश तामाङ र मकवानपुर भिमफेदी घर भई हेटौँडा उपमहानगरपालिका–९ प्रगति चोक बस्ने २७ वर्षीय कैलाश थापा मगर रहेका छन् ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई बुधबार उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको १ थान स्कुटर र १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यसैगरी मकवानपुरको कैलाश गाउँपालिका–९ बस्ने ५५ वर्षीय अर्जुन रूम्बालाई लागुऔषध गाँजा करिब १ सय ६८ किलो ३० ग्राम सहित प्रहरीले पक्राउ गरेको छ । उनको गोठमा गाँजा लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले गोठ तलासी गर्दा उक्त गाँजा फेला पारी बुधबार उनलाई पक्राउ गरेको हो ।
उता कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१ जिल्ला सामुदायिक भवनको एरियास्थित सार्वजनिक पार्कबाट अवैध लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ मलसरवा बस्ने २५ वर्षीया बबिता कुर्मी र सोही नगरपालिका–१ आनन्दबाग बस्ने ४९ वर्षीय विक्रमसिंह थापा रहेका छन् । वडा प्रहरी कार्यालय तौलिहवाबाट खटिएको प्रहरीले बुधबार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै बाँकेको बैजनाथ गाउँपालिका–३ बस्ने २६ वर्षीय सन्जु आलेलाई अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १० ग्राम ६ सय २० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटवा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यता सर्लाहीको बलरा नगरपालिका–८ गडहिया चोकबाट गाँजा करिब ८ किलो ५ सय ग्रामसहित भारत सितामढी ग्राम नरहा बस्ने २१ वर्षीय रंजेश कुमारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ०५ एस ९६८० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक रंजेशलाई पक्राउ गरेको हो ।
त्यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ दिपनगरबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम, नियन्त्रित लागूऔषध फेनारगन ७ एम्पुल, सेरिज्याक ७ एम्पुल र आईपिपिएल ७ एम्पुल सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय आकाश गौतम र सोही ठाउँ डेरा गरी बस्ने नवलपरासी पश्चिम सुनवल नगरपालिका– ८ घर भएका २६ वर्षीय लालबहादुर लुङछे रहेका छन् । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले आकाशको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यता धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट लागुऔषध गाँजा करिब ७ किलोग्रामसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धलेख गाउँपालिका- १ बस्ने २६ वर्षीय रोशन भट्ट र निलकण्ठ नगरपालिका–७ बस्ने ३० वर्षीय प्रकाश पोखरेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङ समेतबाट खटिएको प्रहरीले काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ना–७ ख ४७४८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधसँग केरा खाँदा शरीरमा के हुन्छ ?
-
मोरङ सिजुवाका उद्धव पाठकबाट मात्रै ठगिए सयौँ युवा, २६८ जनाले दिए निवेदन
-
एयर फ्रायरमा पकाएको खाना खाँदा क्यान्सर हुन्छ ?
-
बढेको अण्डाको मूल्य आजदेखि लागू, कति पुग्यो प्रति क्रेट ?
-
न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
-
धुलिखेल खानेपानी आयोजना पुनः निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण