केपी ओलीलाई चर्चित फुटबल क्लब रियल मड्रिडद्वारा ७ नम्बरको जर्सी उपहार, तस्बिरहरू
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणको क्रममा रियल मड्रिडको रंगशाला पुगे।
- उनले रियल मड्रिडका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलसँग भेटघाट गरे।
- क्लबले ओलीलाई ७ नम्बर जर्सी उपहार दियो, जसमा उनको नाम अंकित थियो।
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ‘फाइनान्सिङ फर डेभलपमेन्ट’को चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार चर्चित फुटबल क्लब रियल मड्रिडको रङ्गशालामा पुगेका छन् ।
_hejIfsMsSX.jpg)
ओली रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको अवलोकन भ्रमणमा पुगेका हुन् । रंगशाला भ्रमणका क्रममा क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलसँग आत्मीय कुराकानी भएको प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
_dBqF3essGC.jpg)
सो क्रममा पेद्रो मार्टिन दे मिगेलले प्रधानमन्त्री ओलीलाई स्वागतका क्रममा क्लबको ७ नम्बर जर्सी उपहार दिएका थिए । केपी ओली नाम अंकित उक्त उपहारमा पाएको ७ नम्बरको जर्सी उनले रंगशाशलामै प्रदर्शन गर्दैै फोटो समेत खिचाएका थिए ।
सो क्रममा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, खानेपानीमन्त्री प्रदीप यादवसहितका उच्च सरकारी अधिकारीको पनि सहभागिता रहेको थियो ।
_NBCTHCSiyu.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण