लिभरपुलमा अब लाग्ने छैन ‘२० नम्बर’ जर्सी
शुक्रबार, २० असार २०८२, १० : २६
सारांश
- लिभरपुलले कार दुर्घटनामा निधन भएका खेलाडी डियोगो जोटाको सम्मानमा २० नम्बरको जर्सीलाई अवकाश दिने निर्णय गरेको छ।
- जोटा र उनका भाइको कार दुर्घटनामा मृत्यु भएको थियो, जसले क्लबलाई गहिरो शोकमा पारेको छ।
- क्लबले जोटाको योगदानको सम्झनामा र इतिहासमा उनको नाम अमर राख्न यो निर्णय लिएको जनाएको छ।
काठमाडौँ । प्रिमियर लिग क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका खेलाडी डियोगो जोटाको सम्मानमा नम्बर २० जर्सीलाई अवकाश दिने भएको छ ।
लिभरपुलमा फरवार्ड जोटाको सम्मानमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । २८ वर्षीय जोटा र उनका भाइ २६ वर्षीय आन्द्रे सिल्भाको कार दुर्घटनामा मृत्यु भएको थियो ।
प्रिमियर लिग च्याम्पियन क्लबले २०२४–२५ सिजनमा क्लबले उपाधि जित्दा जोटाको महत्त्वपूर्ण योगदान भएको भन्दै उनको योगदान इतिहासमा कहिले नमेटियोस् भन्ने हिसाबले २० नम्बरको जर्सीलाई अवकाश दिएको बताएको छ ।
जोटाले पोर्चुगलका लागि सन् २०१९ र २०२५ को युएफा नेसन्स लिग जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण