लामिछानेलाई रिटेन गर्यो विराटनगरले
शनिबार, २१ असार २०८२, ०९ : ३७
सारांश
- विराटनगर किंग्सले सन्दीप लामिछानेलाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि रिटेन गरेको छ।
- पहिलो सिजनमा विराटनगरले लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गरेपनि टोलीको प्रदर्शन राम्रो रहेन।
- सन्दीपले ७ खेलमा ६ विकेट लिए भने ब्याटिङमा २२ रन मात्र बनाए।
काठमाडौँ । नेपाल क्रिकेट टोलीका प्रभावशाली बलर सन्दीप लामिछानेलाई नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज विराटनगर किंग्सले रिटेन गरेको छ । उनी मार्की खेलाडीकै रुपमा टोलीमा रहने क्लबले जानकारी दिएको हो ।
एनपीएलको पहिलो सिजनमा लामिछानेकै नेतृत्वमा विराटनगरले प्रतिस्पर्धा गरेको थियो । तर टोलीको प्रदर्शन राम्रो रहेन ।
टोली ७ खेलमा २ खेलमा जीत र ५ खेलमा हार बेहोरेको थियो । मात्र ४ अंक बटुल्दै टोली पुछारबाट तेस्रो स्थानमा सीमित बन्यो ।
सन्दीपको प्रदर्शन पनि खासै उत्साहजनक रहेन । उनले ७ खेलमा ३१.८३ को औसतले ६ विकेट मात्र लिन सके । ब्याटिङमा उनले २२ रन मात्र बनाए । उनको उच्च स्कोर ८ रन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण